१४ चैत्र २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

पोखराका तीन वडा सिल

पछिल्लो समय पोखरा कोरोनाको केन्द्रविन्दु बन्दै गएको छ। पोखरामा कोरोना संक्रमण बढदै जादाँ पोखरा महानगरपालिकाका तीन वटा वडाहरु सिल गरिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना समुदाय स्तरमा समेत पुगेको भन्दै महानगरका तीन वडालाई सिल गरिएको हो। पोखरा  १०,१२ र १३ का वडा अध्यक्षले संयुक्त रुपमा सिल गर्ने निर्णय गरेका हुन। शुक्रबार राती १२ बजेदेखि एक हप्ता अर्थात २६ गते राती १२ बजेसम्म लागुहुने गरी विभिन्न टोलहरु सिल गरिएको हो। सो टोलहरुमा संक्रमण देखिएपछि सिल गरिएको हो।

१०,१२ र १३ अन्तर्गत पर्ने स्वर्णिम, अन्नपूर्ण, लालिगुराँस, भद्रकाली,ढिकालेथर, कुँडहरचोक, मियाँपाटन,लालीगुराँस मिनीमार्ग, प्रगतीटोल, वि.पि मार्ग ‘क’ र ‘ख’ माछापोखरी, संगमटोल तथा वेसलाईन स्कुल क्षेत्रभित्रका सबै टोल सिल गरिएको हो।  

 

खुशी 25%
दुखी 50%
अचम्मित 0%
हास्यास्पद 25%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App