१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

कास्कीमा निषेधाज्ञाको तेस्रो दिन यस्तो रह्यो (फोटो फिचर)

कोरोना भाइरस संक्रमण न्युनिकरण तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासनले जारीगरे संगै अत्यावश्यक, एम्बुलेन्स, चिकित्सक लगायत बाहेकका सार्वजानीक तथा प्राइभेट सवारी संचालनमा रोक लगाइएको छ।

कास्कीमा निषेधाज्ञाको  अटेर गरेर सवारि चलाउने यतिबेला कार्वाहीमा परेका छन्। जिल्ला ट्राफिक कार्यालय कास्की र कास्की प्रहरीले निषेधाज्ञाको अवज्ञा गर्दै बुधबार ८७ र बिहिबार मध्यान्हसम्म २५ वटा सवारी नियन्त्रणमा लिइएको थियो भने शुक्रवार विहान पनि पोखराको महेन्द्रपुलमा करिब २० सवारी नियन्त्रणमा लिइएको छ। निषेधाज्ञा जारि संगै हालसम्म १ सय ५० बढी सवारी नियन्त्रणमा लिइएको छ। निषेधाज्ञा उलंघन गर्नेलाई होल्डिङ सेन्टरमा राखेर छाडिने गरेको छ। कोरोना संक्रमण तिव्र रुपमा बढेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निशेधाज्ञाको समयमा घरबाहिर निस्कने सवारी चालक तथा त्यसमा सवारहरुलाई प्रहरीले होल्डिङ सेन्टरमा राखेर बेलुका मात्रै छाड्ने गरेको हो। निशेधाज्ञा उलंघन गर्नेहरुलाई राख्नका लागि प्रहरीले ९ ठाउँमा होल्डिङ सेन्टर बनाएको कास्की प्रहरीले जनाएको छ।  

 

खुशी 75%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 25%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App