७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

आठ वर्षीया बालिका निःशुल्क मास्क बाड्दै

पोखरामा आठ वर्षीया एक बालिका मास्क वितरण अभियानमा जुटेकी छिन् । म्याग्दी घर भई पोखरामा बस्दै आएकी प्रेन्सा रेग्मी निःशुल्क मास्क वितरण अभियान सञ्चालनमा छिन् । कोरोनाबाट बच्न बचाउन मास्कको प्रयोग अनिवार्य रहेको भन्दै आफुले बचाएर राखेको पैसाले मास्क खरिद गरि निःशुल्क वितरण गर्न थालेकी हुन् ।

विगत एक महिनादेखी पोखराको सृजनाचोक, रत्नचोक, राष्ट्रबैंक चोक, जिरो किलोमिटर लगायतका बाटोमा हिड्नेहरूलाई निःशुल्क मास्क बितरण गर्दै आईरहेकी छिन्।

शिशु निकेतन बोर्डिङ स्कुल कक्षा ३ मा अध्ययनरत रेग्मीले सुरुमा आफुसंग भएको १५ हजार त्यसमा बाबुले थपिदिएको १५ हजार गरी ३० हजारको मास्क खरिद गरी बिक्रि भएको बताईन्। रेग्मीको मास्क वितरण गर्ने अभियानमा काठमाडौंको बोधी सत्वा विहारले थप सहयोग गरेको छ ।

बिरौटामा रहेको आफ्नो पसल अगाडी उनले एउटा सानो स्टल पनि बनाएकी छिन्। स्टलमा आफ्नो समय हुदाँ बस्छिन्। आफ्नो अनलाईन कक्षा सञ्चालन हुदाँ बस्न भ्याउदिनन्। आफु नभएको समयमा ग्राहक आफैले झिकेर लैजान सक्ने र पैसा नजिकैको टोकरीमा राखिदिनु भनेर नोटिस लेखेर छोडेकी हुन्छिन् । ग्राहकले पनि त्यसै गरेको उनले बताईन् ।

आफ्नो स्टलमा राखेको मास्क वितरण गरेर मुनाफा रकमले उनले निःशुल्क मास्क वितरण सुरु गरेकी हुन् । उनको समाजसेवा प्रतिको भावना देखेर बाबा रामकृष्ण रेग्मी र आमा जयन्ती रेग्मी पनि खुसी नै छन् । छोरीको यो अभियानमा पनि उनिहरु खुलेरै लागेका छन् ।

खुशी 95.5%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 4.5%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App