८ वैशाख २०८१ शनिबार
फोटो फिचर

नुन, तेल र बेसार सकियाे सरकार !

सरकार १० अर्ब खै ?

कोरोना रोकथामकालागि सरकारले काम नगरेको भन्दै बुटवलमा आज सयौं‌‌ व्यक्ति सडकमा निस्कीए । जनता कोरोनाले मरिरहँदा सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरूले सरकारसंग १० अर्बको हिसाव पनि सडकबाटै मागेका छन्।

‘सरकार १० अर्ब खै ? भन्ने ठुलो व्यानरलाई अगाडी लगाएका प्रदर्शनकारीहरूको हातमा बिभिन्न नारा सहितका प्लेकार्ड थिए । खाएर बेसार हुँदैन कोरोनाको उपचार चाहियो पिसिआर, हामी पार्टीका होइ‌नौं‌ होसीयार अब गरौ पिसिआर, नेता मुख हैन दिमाग चलाउ, हामी कार्पेट हैन राष्ट्रपति फेर्न चाहान्छाै जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदशनकारीहरू बुटवलको ट्राफिक चोकबाट मुख्य मन्त्री कार्यालय तिर अघि बढेका थिए । 

प्रदर्शनकारीहरूले मुख्यमन्त्री कार्यालय नै घेराउ गर्ने योजना बनाएपनि प्रहरीले उनीहरूलाई जेसीस चोकनिरै रोकेको थियो । बुटवलको अस्पताल लाइन देखि जेसीज चोक सम्मै प्रदर्शनकारीको लाइन थियो । बिहानै देखि सडकमा ठुलो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरीएको थियो ।

खुशी 75%
दुखी 0%
अचम्मित 8.3%
हास्यास्पद 0%
क्रोधित 16.7%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App