७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

परम्परागत तरिकाले मौरीको मह काढ्दा (फोटो फिचर)

लेकाली पहाडमा विहान पानी रहेर घाम लागेको मौसम निक्कै आकर्षक देखिन्छ। पाँचथरको फिदिम–१३ मा पर्ने मकैबारी भन्ने ठाँउमा उग्रिएर घाम लागेपछि मौसम आनन्ददायी बन्यो भने डाँडाहरु खुल्न थाले।  

विविधता युक्त यो क्षेत्रमा विहान मौसम राम्रो भएपछि मौरीको भुनभुन पनि संगीतमय हुन थाल्यो। घरमा परम्परागत रुपमा मौरी पालन भएको रहेछ। काठको डुडमा पालीएका मौरीको मह चाख्न साच्चै रहरको विषय बन्छ।

यहिबेला दिपक दुलाले मौरी काढ्ने (मह निकाल्ने) योजना बनाए। डुड खोलेर कपडाको झुम्रोमा आगो सल्काई धुवाँ लगाएर मौरी काढ्न थाले। मौरीका चाका निकाल्न थाले, जहाँ मह भरीएको थियो। मौरीले दुःख गरेर जोह गरेको मौरीको मह स्वादिष्ट थियो।  

मौरीको महलाई औषधीको रुपमा लिईन्छ। स्वाथ्यवर्दक मानेर मौरी पाल्ने र मह काड्ने परम्परा निक्कै पुरानो मानिन्छ। लेकाली क्षेत्रका जरिवुटि भरीपूर्ण क्षेत्रको मौरीको मह पाउनै कठिन हुन्छ।  

दुलालका अनुसार घरायसी प्रयोजनका लागिमात्र मह प्रयोग गरिन्छ। अर्थात विक्रि गर्ने गरी मह उत्पादन गर्न सकिएको छैन्। परम्परागत मौरीपालन घटेको पाईन्छ। मौरीको मह काड्ने तरीका पनि रोचकनै हुन्छ। लेकाली क्षेत्रको मौरीको महको मोह अत्याधिक भएपनि पाउन कठिन हुन्छ।  

सबै तस्बिर: गिरिराज बाँस्कोटा/नागरिक

खुशी 75%
दुखी 0%
अचम्मित 16.7%
हास्यास्पद 0%
क्रोधित 8.3%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App