८ वैशाख २०८१ शनिबार
फोटो फिचर

सुनसान शितल जोरपोखरी(फोटो फिचर)

गर्मीको समयमा पनि शितल रहने पाँचथरको पर्यटकीय गन्तव्य जोरपोखरी कोरोना भाइरसका कारण उत्पन्न परिस्थीतिका कारण सुनसान छ। यो बेला जोरपोखरी क्षेत्रमा घुम्ने, पुँजा पाठ गर्नेको उलेख्य संख्यामा चहलपल हुने यो क्षेत्र शान्त छ।

हिलिहाङ गाँउपालीकामा पर्ने यो ठाँउमा मस्तसँग हरियाली छाएको छ। मेचीराजमार्गको नजिकै पर्ने भएपनि अहिले गाडीहरु कम भएकाले अवस्था शान्त छ।

पाँचथरको हिलिहाङ गाँउपालिकामा पर्ने जोरपोखरी क्षेत्रका तस्बिरहरु। सबै तस्बिर:गिरिराज बाँस्कोटा/नागरिक  

पोखरी र आसपासमका क्षेत्रमा फोटो खिच्ने, घुमघाम गर्नेहरु फाट्ट फुट्टमात्र देखिन्छन्। लकडाउनका कारण बजारमा पनि चहलपहल छैन्। तर जोरपोखरीको सौन्र्दयता भने हेरीरहु लाग्ने छ।

‘पहिले त यो बेला गर्मी छल्दै रमाउने आउनेको भिड हुन्थ्यो। यो साल कोरोनाका कारण जोरपोखरी क्षेत्र सुनसान छ। शान्त हुदाँ पनि रमाइलैपो देखिदो रहेछ’ स्थानीय व्यवसायी महेन्द्र मावोले भने ‘व्यापार, व्यवसाय त चौपटनै भयो नी।’

प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा बहुधार्मिक स्थल समेत हो। यहाँ हिन्दु, किरात, वौद्ध धर्मालम्बीहरुका अनुष्ठान छन्। यहाँ रहेको जोरपोखरी पवित्र धार्मिक स्थलको रुपमा मानिन्छ। एउटा ठूलो पोखरी छ भने अर्को सुक्दै छ। शिवालयका साथै सास्कृत पाठशाला समेत रहेको छ। विस १९८३ सालमा स्वर्गद्धवारी महाप्रभुले स्थापना गरेको कुटि छ। यस्तै, माङहिम (नेपाली भाषामा) मन्दिर रहेको छ। महागुरु फाल्गुनन्दले यहाँ पुँजापाठ गरेको पाईन्छ। यस्तै नजिकै गुम्बा, सानो पाथीभरा मन्दीर पनि रहेका छन्।

बहुधार्मिक स्थल तथा प्राकृतिक रुपमा सुन्दर रहेको छ। हेरीरहु लाग्ने ठाँउ छ। विभिन्न प्रजातीको विरुवा फैलिएको बन क्षेत्र छ। चहलपहल नभएपछि यसपाली झन आर्कषक देखिएको छ यो क्षेत्र।

खुशी 80%
दुखी 0%
अचम्मित 20%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App