५ वैशाख २०८१ बुधबार
फोटो फिचर

रेशम चाैधरीले लिए सांसदकाे सपथ(फाेटाेहरू सहित)

तस्बिरहरूः दिपेश श्रेष्ठ

काठमाडौ– टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज संसदका रुपमा सपथग्रहण गराइएको छ। प्रतिनिधि सभाका सभमुख कृष्णवहादुर महराले उनलाई सपथ गराएका हुन्। सपथसँग सभामुख महराले चाैधरीलार्इ संसदकाे लागाेसमेत उपलब्ध गराएका छन्।

यसअघि आज विहान ११ः३०मा सपथ गराउने भनिएकामा संसद अधिवेशनको समय जुधेको भन्दै ३ बजेका लागि सारिएको थियो। जेलको कानुनी प्रकृया पुरा नभएको कारण पनि ३ बजेका लागि सारिएको थियो। डिल्लीबजार कारागारमा बन्दीका रुपमा रहेका उनलाई सपथका लागि जेलबाट सिंहदरबार लगिएको थियो। 

चौधरीलाई कारगारबाट निकाल्दा उनको स्वागतका लागि श्रीमती रन्जिता चौधरी श्रेष्ठ, आफन्तजन र राजपाका कार्यकर्ताहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । चौधरीले निर्वा्चित भएको प्रमाणपत्र समेत पाएका छन् । 

यसअघि उनले संसदको प्रमाणपत्र पाएका थिएनन् । प्रमाणपत्रका लागि उनकी श्रीमती रञ्जिताले बारम्बार आयोगमा दबाब दिँदै आएकी थिइन् । प्रमाणपत्र लिनका लागि उनले अदालतमा मुद्दा समेत दायर गरेका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो ।  सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार भएका थिए । भारतका विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए । 

राजपा नेपालले पटक पटक प्रधानमन्त्री ओलीलाई चौधरीको सपथका लागि दवाव दिँदै आएको थियो । सोही दवावका कारण प्रधानमन्त्री ओली उनलाई सपथ खुवाउन तयार भएको बताइएको छ ।

र अर्काइभबाट यो पनि

कैलाली घटना आतंककारीः ओली

नेतालाई उन्मुक्ति, सशस्त्रका डीआईजी र एसपीलाई कारबाही सिफारिस

एसएसपी सहित ७ सुरक्षाकर्मी मारिए, दङ्गाग्रस्त क्षेत्रमा सेना परिचालन

जिउँदै जलाएर, भाला हानेर मारियोः गृहमन्त्री

 

तस्बिरहरूः दिपेश श्रेष्ठ
तस्बिरहरूः दिपेश श्रेष्ठ
तस्बिरहरूः दिपेश श्रेष्ठ
तस्बिरहरूः दिपेश श्रेष्ठ
तस्बिरहरूः दिपेश श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App