
अर्थ
पानीपछिको राजधानीको मौसम यसै रमाइलो। खुलेको निलो आकाश र बग्दै गरेको हावाको शीतलताले मनलाई लोभ्याउँछ। त्यसमा पनि हिजो राजधानीमा देखिएका पूर्ण आकारको इन्द्रेणीले त धेरैको मन लोभ्यायो।
इन्द्रेणीका तस्बिरसँगै आफ्ना फोटाहरू पोस्ट गर्नेले सामाजिक सञ्जालमा पनि इन्द्रेणी देखाए। आफ्ना तस्बिरसँगै आकर्षक पोस्ट राखे।
इन्द्रेणीका रङहरूको आफ्नै महत्त्व छ। रातो रङले माया, सुन्तला रङले उमङ्ग, पहेँलोले खुसी, हरियोले आशा, नीलोले गहिरो सोच, नीलो–बैजनीले रहस्य र बैजनीले आत्मबल झल्काउँछ। साँचो सौन्दर्य एउटै रङमा होइन, सबै रङहरू मिलेर बनेको सन्तुलनमा हुन्छ। जीवनमा पनि सबै भावहरूको सन्तुलन हुनुपर्छ। अनि 'इन्द्रेणी मात्रै नभएर, जीवन पनि यस्तै रङीचंगी हुनुपर्छ।'