
अन्तर्वार्ता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बैतडीको पाटनबाट सुरु भएको मध्यपहाडी लोकमार्ग अभियान झरीबिच लुम्बिनी प्रदेशमा प्रवेश गरेको छ।
मध्यपहाडी क्षेत्रमा वर्षा भइरहेको अवस्थामा अभियान टोली रुकुम पश्चिम हुँदै रुकुमपूर्व आइपुगेको हो। अभियानका क्रममा बैतडीको पाटनमा फहराइएको राष्ट्रिय झण्डा र कम्युनिस्ट पार्टीको झण्डा कर्णाली प्रदेश टोलीले लुम्बिनी प्रदेश टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। यो अभियानको अन्तिम गन्तव्य सोलुखुम्बु पुगेर समापन हुनेछ।
नेकपा (माओवादी केन्द्र) ले तराईको हुलाकी मार्ग केन्द्रित अभियान र मध्यपहाडी लोकमार्ग अभियानलाई जनतासँग र वर्गीय आधारमा पार्टीको सम्बन्ध बलियो बनाउने राजनीतिक जागरणको अभियानका रूपमा लिएको छ।

.jpeg)

.jpeg)

.jpeg)
