१ असार २०८२ आइतबार
image/svg+xml
फोटो फिचर

लक्ष्मी नरसिंह मन्दिर बाजागाजासहित उद्घाटन (तस्बिरहरू)

भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिरकाे बाजागाजासहित भव्यरूपमा उद्घाटन भएकाे छ। पुरानै मौलिक शैलीमा पुनःनिर्माण गरिएकाे मन्दिरकाे मङ्गलबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले उद्घाटन गरेका हुन्। मङ्गलबार विहानकाे सांस्कृतिक झाकीसहितकाे उद्घाटन समाराेह निकै भव्य देखियाे।

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर नेपालको एक मात्र शक्तिसहित शान्त स्वभावकी लक्ष्मी हुन्। श्रेष्ठले उक्त मन्दिर जयस्थिति मल्लको पालामा बनेको सात सय वर्ष पुरानो रहेको जानकारी गराए।

उपभोक्ता समितिमार्फत मन्दिर पुन:निर्माण गरिएकाे हाे। उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरका अरू सम्पदा पुनःनिर्माणमा जस्तै लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणले सबैमा खुसियाली ल्याउन सफल भएकाे बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षति पुगेका अधिकांश सम्पदाहरूकाे  जीर्णोद्वार र पुनःनिर्माण सम्पन्न गरिसकेको र केही पुनःनिर्माणको क्रममा रहेको जानकारी गराए। प्रजापतिले भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत मौलिक सीप, प्रविधि र जनताको सहयोगमा सम्पदा पुनःनिर्माण र जीर्णोद्वार कार्य सफलतापूर्वक सम्पन्न गर्दै आइरहेको सुनाए।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App