११ चैत्र २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

'मर्निङ वाक'मा चियाको चुस्की लिँदै जनताको नाडी छाम्दै दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रौतहटको गरुडा चोकमा चियाको चुस्की लिँदै जनताको नाडी छाम्ने प्रयास गरेका छन्। शनिबार बिहान मर्निङ वाकमा निस्केका उनले चिया खाँदै देशमा राजा आउनु असम्भव रहेको बताए। 

दाहालले संक्षिप्त सम्बोधनमा इतिहासको चक्का उल्टो गतिमा घुम्नु असम्भव रहेको स्पष्ट पारेका छन्। राजालाई राजनीतिमा आउने मन भए संविधानले दिएको छुट अनुसार निर्वाचनमा आउन पनि उनले सुझाव दिए।  

सरकारले नेपाल विद्युत् प्राधिकरणका कुलमानलाई हटाउन खोजेकामा असन्तुष्टि व्यक्त गर्दै एमाले–कांग्रेस सरकारको विनाशकाले विपरीत बुद्धि हुने बताएका छन्। कुलमानले प्राधिकरणलाई नाफामा ल्याउने काम गरेको र सरकारले कुलमानप्रति गरेका कामले जनतामा असन्तुष्टि बढेको पनि बताए।  

यसैगरी गरुडा नगरपालिका-५ ठेठरहियामा एकाबिहान वडा कार्यालयद्वारा आयोजित प्रेसर कुकर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आम जनताको समस्या, व्यापारी तथा बुद्धिजीवीहरूसित भेटघाट गरेर जनताको बिचमा पार्टी नयाँ किसिमले लैजान खोजिरहेको बताएका छन्।  

वडा कार्यालयद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर वडाध्यक्ष राम विनोद साहले ५०० महिलालाई प्रेसर कुकर प्रदान गर्ने कार्यक्रम राखेका थिए। दाहालले उक्त कार्यक्रमको शुभारम्भ गर्दै महिला दिवसको शुभकामना पनि दिएका छन्।  

तराई मधेश जागरण कार्यक्रमको क्रममा दाहाल पार्टीका शीर्षस्थ नेताहरूसहित शुक्रबार राति गरुडामै बास बसेका थिए। एकाबिहानदेखि विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रममा सक्रिय रहेका उनी सर्वसाधारणको कुरा पनि ध्यान दिएर सुनिरहेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८१ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App