११ चैत्र २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

मेलम्ची पाइप फुटेपछि थापाथली क्षेत्र (फोटोफिचर)

काठमाडौँको थापाथलीमा मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फटेको छ। आज (मंगलबार) बिहान थापाथली चोक नजिकै मेलम्चीको पाइप फुटेको हो। पाइप फुटेपछि सडकभरि नै पानी बगेको थियो भने सडक समेत भत्किएको छ। 

अहिले यस सडकमा सवारी साधनको आवतजावतलाई बन्द गरिएको छ। पाइप फुटेपछि सडक अस्तव्यस्त बनेको छ। थापाथलीमा पाइप लाइनमा पानीको बहाव धेरै भएको कारण पाइप फुटेको हुन सक्ने आकलन गरिएको छ। यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो।

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App