
समाज
ताप्लेजुङको पाथीभरा क्षेत्रमा यसपटक तेस्रो पटक हिमपात भएको छ। शुक्रबार परेको पानीसँगै हिमपात भएको हो।
यसअघि पाथीभरामा दुई पटकसम्म सामान्य हिमपात भएको थियो। तेस्रो पटकको हिमपात यसअघिका दुई पटकका हिमपातभन्दा बढी रहेको पाथीभरा मन्दिरका कर्मचारी तथा माथिल्लो फेदिका होटल व्यवसायी राजेन्द्र महतले जानकारी दिए।