
राजनीति
काठमाडौं महानगरपालिकाले आज विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाएको छ। माघ १६ गते हरेक वर्ष सहिदहरूको सम्झनामा दिवस मनाउने गरिन्छ। सोहीअनुसार आज लैनचौरमा सहिदहरूको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ। माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाले सहित सप्ताह मनाइरहेको छ। माल्यार्पण र पुष्पगुच्छा अर्पण कार्यक्रममा उपप्रमुख सुनिता ढंगोललगायतको सहभागिता रहेको थियो।