२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

नेवार समुदायमा गुँला पर्वको रौनक (फोटो फिचर)

नेवार समुदायले मनाउने एक महिने गुँला पर्वको रौनक अझै सकिएको छैन । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।

 पर्वको अवसरमा विशेष गरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्य स्थलको दैनिक परिक्रमा गरिन्छ । राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्या लगायत नौ बाजा बजाउने प्रचलन छ ।

यो पर्व विशेष गरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ।  तस्बिर न्युज एजेन्सी नेपाल 

प्रकाशित: १५ भाद्र २०८१ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App