राजनीति
फोटो फिचर
पशुपतिमा रक्षा सुत्र बाँध्ने र जनै फेर्नेहरुको घुइँचो (तस्बिरसहित)
जनैपूर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिरमा पुरोहितबाट रक्षाबन्धन बधाउने र जनै फेर्नेहरुको भीड लागेको छ।
भदौः प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्।
रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ।
तस्बिरमा हेरौँ जनै फेर्ने र रक्षासुत्र बाँध्नेहरुको भीडः
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%