२३ भाद्र २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

जामे मस्जिदमा बकर इदको रौनक (तस्बिरसहित)

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिदमा शुभकामना आदान प्रदान गर्नेको भिड लागेको छ।

तस्बिरमा हेरौँ जामे मस्दिमा बकर ईद मनाउन भेला भएकाहरूको झलकः

#bakar eid kathmandu #jame masjid