इजरायलले प्यालेस्टाइनस्थित अस्पतालहरूमा आक्रमण तीव्र बनाए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्।
उनीहरूले काठमाडौँस्थित इजरायली दूतावास अगाडी गाजामा जारी युद्ध तत्काल रोक्न र अस्पताल लक्षित आक्रामण तत्काल रोक्न माग गरेका छन्।
गत अक्टुबर ७ मा सुरु भएको आक्रमणमा परी हालसम्म ५ सयभन्दा बढी स्वास्थ्यकर्मीहरू मारिएको भन्दै नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले तत्काल युद्धविरामको माग गरेका हुन्।
तस्बिरमा हेरौँ चिकित्सकहरूको प्रदर्शनः
प्रकाशित: १६ चैत्र २०८० १४:१४ शुक्रबार