१२ श्रावण २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा हेर्नुस जाजरकोट भूकम्पको क्षती (फोटोफिचर)

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको छ। त्यसपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका छन्।  

भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार शुक्रबार राति ११ः ४७, १२: ०८, १२: २९, १२: ३५ गरी ४ पटक क्रमशस् ६.४, ४.५, ४.२, ४.३  म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।

त्यस्तै पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री शक्ति बस्नेत र जनार्दन शर्मा अहिले नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट पुगेका छन्।

नेपाली सेनाको मेडिकल टोलीसहित उनी उद्धार तथा राहतका लागि जाजरकोट  पुगेका हुन्। तीन वटै सुरक्षा निकाय खटिएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट सुरक्षाकर्मीहरु रातीदेखिनै उद्धार कार्यमा खटिएका छन्।

तस्बिरहरु: गणेश विसु रासस प्रधानमन्त्रीको सचिवालय।

खुशी 2.9%
दुखी 97.1%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App