७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्केको छ। एसिया कपमा सहभागी भएर टोली आज स्वदेश फर्केको हो। 

स्वदेश फर्केको टोलीको विमानस्थलमा भव्य स्वागत गरिएको छ। नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका छन्।

भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको थियो। एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तान गएको थियो। कराँचीमा अन्तिम तयारी गरेपछि टोली पाकिस्तानसँग खेल्न मुल्तान गएको थियो। नेपालले मुल्तानमा १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो। उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो।

एसिया कपको दोस्रो खेलका लागि श्रीलङ्का पुगेको नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो। भारतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपालको चौतर्फी प्रशंसा भइरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। भारतसँगको खेलमा नेपालले २३० रनको योदफल तयार पारेको थियो। जुन योगफल र नेपाली खेलाडीको चर्चा भयो। भरतसँगको खेलमा नेपाल पराजित भएपनि नेपाली खेलाडीको चर्चा विश्वस्तरमै भइरहेको छ।

खुशी 63.6%
दुखी 9.1%
अचम्मित 0%
हास्यास्पद 27.3%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App