३ माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

दुई छोरीसहित प्रधानमन्त्री दाहालले दिए पत्नी सीतालाई दागबत्ती (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।  

मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो। उनको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो।

प्रधानमन्त्री दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका छन्।  प्रधानमन्त्रीको साथमा उनका छोरीहरु रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका हुन्।

आज बिहान निधन भएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइएको थियो। पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो।

त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाँक्लो उपस्थिति थियो।

प्रकाशित: २७ असार २०८० १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App