
समाज
आज आमाको मुख हेर्ने दिन अर्थात् माता तीर्थ औँसी। आज जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ।
भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन्।
आमा दिवङ्गत हुनेहरुले आज यस पवित्रस्थलमा स्नान गरेर पिण्डदान गर्दा आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ। आमा हुनेहरुले पनि आमालाई लिएर यस तीर्थको दर्शन गरे पुण्य प्राप्ति हुने बताइन्छ।
हेर्नुस् नागरिकन्युजको लागि प्रसन गुरुङले खिचेका तस्वीरहरूः