१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

दशरथ रंगशालमा राष्ट्रिय क्रिकेट टिम (तस्बिरहरु)

सहिद स्मारक ए डिभिजन लिगको कमर्सियल, टिकेटिङ तथा बोर्डकास्ट पार्टनर एमडीएसी स्पार्टसले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ।

शनिबार दशरथ रंगशालामा भएको एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङदी क्लबबीचको खेलको पहिलो हाफमा क्रिकेट टिमलाई सम्मानित गरेको हो।

आईसीसी विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै क्रिकेट टिमलाई सम्मान गरिएको एमडीएसी स्पोर्ट्सले जनाएको छ।

उनीहरुलाई सम्मान गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ, र नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल पनि रंगशाला पुगेका थिए।

दशरथ रंगशालामा आज भएको एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङदी क्लबबीचको खेलमा उठेको टिकटको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

लिग टू अन्तर्गत टियु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई ९ रनले पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो।

खुशी 50%
दुखी 0%
अचम्मित 50%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App