६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

पाथीभरा आसपासका क्षेत्रमा हिमपात (फोटो फिचर)

यस वर्ष हिमाली जिल्ला ताप्लेजुङमा साविक भन्दा धेरै पछि मात्र हिउँ पर्‍यो।

हिउँ र वर्षा नहुँदा चिन्तित भएकाहरूलाई केही सान्त्वना दिने गरी परेको हिमपातले पाथीभरा क्षेत्र अहिले पनि सेताम्मे छ। पाथीभरा मन्दिर जाने तीर्थालुका लागि हिउँको मज्जा लिन पाउनु अर्को स्वर्गीय आनन्द झैँ भएको छ।

पाथीभरा पदमार्गको हिउँ जमेको बाटोमा हिँड्दा सेतो कार्पेटले स्वागत गरे झैँ लाग्छ। चिप्लो हुने भएकोले ओरालो झर्दा भने केही होशियारी अपनाउनुपर्ने हुन्छ। तीर्थालुले हिउँ पग्लेको पानीबाट हुने जोखिमबाट बच्न जुत्ताको बाहिर जुराफ (मोचा) लगाउने पनि गर्छन्। तर प्रयोग भई सकेपछि जुराफ (मोचा) लाई व्यवस्थित ढङ्गले डस्बिनमा फाल्नु भने अनिवार्य रहेको सरोकारवाला बताउँछन्।

सेताम्मे पाथीभरा क्षेत्रको अवस्था के छ त? ३ हजार ७ सय ९४ मिटर उचाइको मन्दिर क्षेत्र पुगेर फर्किएका नागरिककर्मी खगेन्द्र अधिकारीले संकलन गरेका यी तस्बिर हेरौँ।

प्रकाशित: २४ फाल्गुन २०७९ ०९:१४ बुधबार