१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

यसरी मनाइयो विराटनगरमा होली (फोटो फिचर)

मंगलबार विराटनगरमा हर्षोल्लासका साथ होली पर्व मनाइएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि कसैले पनि होली पर्व खुलेर मनाउन पाएका थिएनन्। गत वर्षको होलीदेखि विराटनगरमा होलीको रौनक बढेको हो।

तराईमा विशेष पर्वका रूपमा होलीलाई लिइन्छ। गत वर्ष कोरोना भाइरसको संक्रमण फैल्न सक्ने त्रासमा पर्व मनाइएको थियो। यस पटक अवस्था सामान्य बन्दै गए पनि विगतका वर्षको जस्तो विराटनगर क्षेत्रमा होलीको रौनक देखिएन।

अवस्था सामान्य हुँदा विराटनगरमा होलीको विशेष कार्यक्रम भए। होलीलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानमा व्यापकरुपमा प्रहरी परिचालन गरेको मोरङ प्रहरीले जनाएको छ। होलीमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा हुन सक्ने दुर्घटनालगायत शान्ति सुरक्षाका लागि ट्राफिक र जनपथ प्रहरीले चोक चोकमा चेकिङ गरेका थिए।

मोरङमा होली पर्वको दिन मादक पदार्थ सेवन गरी उश्रृङख्ल गतिविधिमा संलग्न भएका १४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ। होली पर्वका दिन मोरङ जिल्लामा मादकपर्दाथ सेवन गरी सवारी चलाएकामध्ये २ सय ९० वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

सवारी दुर्घटनामा एक जनाको मृत्यु

धनपालथान गाउँपालिका–३ स्थित बेतौना कुवाडीअन्तर्गत भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो अढाई बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भारत अररियाका ३० वर्षीय नन्दन महतोको मृत्यु भएको डिएसपी कार्कीले बताए।

धनपालथान–३ का ३५ वर्षीय लिख्नचन्द मण्डलले चलाएको बिआर ३८ वाइ ३३४५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालक र पछाडि सवार दुवै जना घाइते भएका थिए। घाइतेमध्ये मोटरसाइकलको पछाडि सवार नन्दन महतोको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो। उनको टाउकोमा चोट लागेको थियो।

मोटरसाइकल चालक मण्डलको बायाँ कुममा चोट लागेको र उनको न्यूरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

तस्बिरहरु:

प्रकाशित: २३ फाल्गुन २०७९ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App