७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड (फोटोफिचर)

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको  ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ सम्पन्न भएको छ।  

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतीष्ठानमा भएको कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रधान गरिएको हो। विभिन्न ९ विधामा खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाईअवार्ड अवार्ड प्रधान गरिएको थियाे।  

पहिलो विधा वर्ष युवा खेलाडीका फुटबलर मनिष डाँगीले जितेका छन्। उनले बाँकी चार खेलाडीलाई पछि पारे। उनले युवा खेलाडीको मनोनयनमा परेका फुटबलकै प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनका रसिला महर्जन र भलिबलका उषा भण्डारी पछि पार्दै युवा वर्ष खेलाडीको अवार्ड जितेका हुन्।

साथै दोस्रो विधा बर्ष प्रशिक्षकमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जितेका हुन्। अल्मुताइरीले बाँकी चार मनोनीतलाई पछि पारेका हुन्। वर्षको सर्वश्रेष्ठ प्रशिक्षकमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अल्मुताइरीसँगै क्रिकेट टिमका पूर्वप्रशिक्षक डेभ वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनीत भएका थिए।

त्यस्तै पारा एथलिटक अवार्डअन्तर्गत पारा तेक्वान्दो खेलाडी पलेस गोवर्धनले जितेकी छिन्। उनले आफ्नो करियरलाई निरन्तरता दिएकी हुन्। उनले कोभिड १९ को विश्वव्यापी महामारीका कारण एक वर्ष ढिलो गरि २०२१ मा भएको टोकियो ओलम्पिक तथा पारा ओलम्पिक २०२० मा पदक विमुख भए पनि पलेसाको करियर रोकिएन। त्यस लगत्तै उनले एसियन युथ पारा खेलकुदमा स्वर्ण पदक जितेर अर्को इतिहास बनाइन।

एसिया खेलकुद पत्रकारको अवार्ड महोमद हिजिले जितेका हुन्। उनले फिफा विश्वकप, ओलम्पिक, एसियाली खेलकुद, एसियन कपलगायतका विश्व खेलकुदका ठूला महोत्सवहरुमा रिपोर्टिङको अनुभव बटुलिसकेका हिजीको नेपाली खेल पत्रकारितासँग विशेष सम्बन्ध छ। नेपाल खेकुद पत्रकार मञ्चको एनएसजेएफ एकेडेमी स्थापनामा उनको विशेष योगदान थियो।

स्पेसल अवार्डमा धन बहादुर तामाङ र उनकि पतनि माया देवि मेताङले जितेका हुन्। उनीहरूले खेलकुदमा लागे छोराछोरी विग्रन्छन् भन्ने जस्तो सोच व्याप्त रहेको समाजमा तीन सन्तानको खेल जीवनमा प्रेरणादायी भूमिका निर्वाह गरेका कारण नेपाल खेलकुद पत्रकार मञ्चले तामाङ दम्पत्तीलाई विशेष सम्मान प्रदान गरेको जनाएको छ।

त्यस्तै पुपुल्स च्वाईस अवार्डको उपाधि उषा भण्डारीले जितेकी छिन्। उनले आसिफ सेख ,अविलाषा विष्ट , उषा भण्डारी,  दुवाना लामा, अन्जन विष्टलाई पछि पारेका हुन्। उनले एक थान पलसर बाईक समेत जितेकी छिन्। लाईफ टाईम अचिभमेन्ट अवार्ड रगुराज वन्तले जितेका छ्न्।

मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App