६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

डा. सिंहमाथी भएको लाठी प्रहारविरुद्ध प्रदर्शनमा उत्रिए चिकित्सक

राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकमाथी भएको लाठी चार्जको विरोधमा आज चिकित्सकहरु प्रदर्शनमा उत्रेका छन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डरी संघीय संसदको दुवै सदनमा सम्बोधन गरेर फर्कने क्रममा सुरक्षाकर्मीले भिड नियन्त्रण गर्ने बहानामा डा. जनिथ सिंहमाथी लाठी प्रहार गरेको थियो। लाठी प्रहारबाट टाउकोमा चोट लागि घाइते भएका डा. सिंहको ट्रमा सेन्टरमै उपचार भइरहेको छ।  

माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल लगायत विभिन्न अस्पतालको चिकित्सक, स्वस्थकर्मी तथा मानवअधिकारकर्मीहरु सहभागी छन्।  

'बर्दी लगाएका गुण्डा मुर्दावाद, स्वास्थ्यकर्मीमाथीको हिंसा बन्द गर,' 'भिभिआइपीको नाममा जनतालाई दुख दिन पाइदैन,' 'समानताको लागि गणतन्त्र आएको हो,' महारानी बन्नको लागि होइन,' 'अत्ति भिभिआइपी चाहिदैन,' जनता कुट्न पाइदैन' जस्ता प्लेकार्ड बोकेका छन्।  

आन्दोलनमा सहभागी भएका सिभिल अस्पतालको मृगौला रोगसम्बन्धी चिकित्सक डा.अजित मल्लिक देशमा चिकित्सकमाथी गरिएको व्यवहार देखेर दुख लागेको बताए।  

'दिनरात नभनी हामी ड्यूटीमा खटिन्छौं, तर डाक्टरले नै सुरक्षा पाउने अवस्था छैन। न त उचित सेवा सुविधा नै छ,' उनले भने, 'म चै देशै केही गर्छु भनेर लागि परेको मान्छे हुँ, तर हिजोको अवस्था देख्दा साहै दुख लागेको छ। मैले त पार्सपोर्ट पनि बनाइसके अब विदेश जान्छु।'

उता, चिकित्सक संघले पनि सरकारलाई २४ घण्टे समयसीमा दिएको छ। डाक्टर सिंहमाथि भएको आक्रमणपछि दोषिमाथि कारबाहीको माग गर्दै संघले २४ घण्टे अल्टिमेटम दिएको हो।

खुशी 12.5%
दुखी 50%
अचम्मित 0%
हास्यास्पद 12.5%
क्रोधित 25%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App