काठमाडौं– साउनको चौथो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विशेष गरी हिन्दु धर्मावलम्बीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बार मान्ने परम्परा रहेको छ। यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । हिन्दु धर्मावलम्बी महिलाहरुले भने आफ्नो पतिको दीर्घायु र परिवारको सुख शान्तिको कामना गर्दै साउन महिनाको सोमबार शिवालयहरुमा गएर भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । साउने सोमबारको व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । विगतका पर्व जस्तै पशुपति दर्शनका लागि आज पनि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ ।
यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । आजको सोमबार पनि अघिल्ला सोमबारका झैं देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
रोचक पक्ष के रह्यो भने पछिल्लो समय युवा वर्ग आफ्ना हरेक पुनित क्रियाकलाप र गतिविधिलाई तस्बिरमा हेर्न चाहन्छ भन्ने तथ्यलाई पनि धेरै युवायुवतीले पशुपतिनाथ परिसरमा सोमबार पुष्टि गरिदिए । अरुलाई खिच्न लगाएर होस् वा आफ्नै मोबाइलले सेल्फी खिचेर उनीहरु आफ्ना पलहरुलाई यादगार बनाउन चहिरहेका देखिन्थे ।
सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन्।
आज तेस्रो दिनको बैठकमा क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले पार्टी केन्द्रीय समितिको यही बैठकबारे बिदा भएका नेताहरूबारे निर्णय गरेर जान प्रस्ताव गरेका छन् ।