coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

यसरी छुटे सन्दीप (फोटोफिचर)

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत, पाटनले बिहीबार धरौटीमा छाड्ने आदेश दिएपछि सन्दीप शुक्रबार धरौटी बुझाएर  रिहा भएका हुन्।

नाबालिकालाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध मुद्दा रहेको थियो। पीडित भनिएकी किशोरीका दाजुले गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएका थिए। जाहेरीमा लामिछानेले भदौ ५ गते बहिनीलाई नगरकोट घुम्न लगेको र त्यहाँबाट राति काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा ल्याएर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।

प्रहरीले भदौ २२ गते जाहेरी दर्ता गरी अनुसन्धान थालेको थियो। अनुसन्धानबाट पीडित भनिएकी नाबालिका र लामिछाने उक्त दिन राति सिनामंगलस्थित होटलमा बसेको पुष्टि भएको थियो। तर जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका थिए। मुद्दा लागेपछि केही समय त्यहाँबाट बेपत्ता भएका उनी नेपाल प्रहरीले इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गरेपछि असोज २० गते नेपाल आएका थिए। प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो।  

कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस भएको थियो। बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई ‘मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश’ दिएको थियो। त्यसयता लामिछाने केन्द्रीय कारागार सुन्धारामा थिए। जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध लामिछानले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।  

उक्त निवेदन उपर सुनवाइ गर्दै उच्च अदालत पाटनले बिहीबार १० सर्तसहित २० लाख धरौटी लिएर उनलाई न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले रिहा गर्न आदेश दिएको थियो।  

यसअघि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो। तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेशको थियो।  

उक्त आदेशसँगै उनलाई शुक्रबार दिउँसो कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको थियो। जिल्ला अदालतबाट तारिख बुझेर उनी पुन कारागार आएका थिए। उनले कारागारमा गर्नु पर्ने सम्पुर्ण प्रकियाहरु पुरा गरि थुना मुक्त भएका हुन्।  

कारागार क्षेत्रमा उनका फ्यान र पत्रकारहरुको लामै प्रतिक्षा थियो। जब उनी कारागारको क्षेत्रबाट गेटतर्फ आए पत्रकार र फ्यानहरु क्यामारा र मोबाइल लिएर उनको भिडियो फोटो खिच्न थाले।  

यो हेनुहोस तस्बिरहरु  

 

खुशी 78.6%
दुखी 0%
अचम्मित 7.1%
हास्यास्पद 0%
क्रोधित 14.3%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App