
अर्थ
३०१ औं पृथ्वी जयन्ती एवं एकता दिवसको अवसरमा काठमाडौं सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरि पृथ्वी जयन्ती मनाइएको छ।
पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बुधबार काठमाडौँ लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी पृथ्वी जयन्ती मनाइएको हो।
बुधबार माल्यार्पण कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीलगायत विभिन्न नेता तथा सर्वसाधरणको उपस्थिती रहेको थियो। पृथ्वी जयन्तीको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।