coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण (फोटोफिचर)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार दिउँसो अवतरण गरेका बुद्ध र यति एयरका जहाज। तस्बिरः उमेश पुन÷नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि औपचारिक रुपमा सञ्चालनमा आउँदैछ। त्यसैको तयारी स्वरूप निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले बिहीबार एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गराएका छन्। त्यही विमानस्थलबाट उडान पनि गरेका छन्।  

डेमो फ्लाइट (प्रदर्शन उडान) को क्रममा यती र बुद्धका जहाज उडान र अवतरण गरेका थिए। यसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गराउने झन्डै चार दशक लामो सपना पुरा भएको छ। बिहीबारको डेमो फ्लाइट पछि व्यवसायीक उडानको तयारी थाल्ने हवाई कम्पनीले बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको दुवैतिर (पूर्व र पश्चिम) बाट जहाजको अवतरण गराइएको थियो।  

दुवै एयरलाइन्सले एटिआर–७२ जहाजबाट डेमो फ्लाइट गरेका थिए। पोखराको चालु विमानस्थलबाट उडेर अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेर जहाज अवतरण गरेका थिए। त्यस क्रममा एटिआर–७२ जहाजले पोखराको हालको चालु विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलसम्म उडान भरेका थिए। यी जहाज ७० देखि ७२ सिट क्षमताका हुन। जहाजमा पर्यटन व्यवसायी, पोखरा महानगरका मेयर, हवाई उड्डयन क्षेत्रका पदाधिकारी सहितका यात्रु थिए।

प्रकाशित: ७ पुस २०७९ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App