८ वैशाख २०८१ शनिबार
फोटो फिचर

हर्ष उल्लासका साथ मनाइयो उधौली पर्व (फोटोफिचर)

आज उधौली पर्व, देशभर विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ। काठमाडौं उपत्यकामा पनि उधौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो। हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ। 

आज ललितपुरस्थित सानो हात्तिवन्को मबहिम मन्दिरमा किराँत समुदायले विभिन्न कार्यक्रम गरेर उधौली पर्व मनाएका छन्। सो अवसरमा मौलिक नृत्य, कपडा लगाएर विशेष प्रश्तुती देखाइएको थियो। प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व पनि हो। यस अवसरमा ललितपुरको हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ। 

अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेकाले उधौली पर्वलाई विशेष पर्वका साथ किराँत समुदायमा मनाउने परम्परा छ। किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ। वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो। बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताको पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ। सरकारले उधौली पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ।

प्रकाशित: २२ मंसिर २०७९ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App