संसारमा केवल दुई ठाउँमा मात्र पाइने एउटा अद्वितीय र खतरनाक मह —‘डेली बाल’, जसलाई स्थानीयले ‘पागल मह’ भन्छन् । यसको अहिले विश्वभर चर्चा भइरहेको छ। यो असाधारण मह टर्कीको कालो सागर क्षेत्र र नेपालको हिन्दकुश–हिमालय शृखंलामा मात्र उत्पादन हुन्छ।
पागल मह को विशेषता यसको स्रोतमा लुकेको छ। मौरीहरूले वसन्तमा फुल्ने बैजनी रोडोडेन्ड्रनका फूलबाट रस सङ्कलन गर्छन्। जसमा ग्रेयानोटोक्सिन नामक प्राकृतिक विष हुन्छ। यही विषको कारणले यो मह स्वादिष्ट मात्र होइन खतरनाक पनि मानिन्छ। सानो मात्रा सेवन गर्दा हल्का तातोपन र तीतोपन महसुस हुन्छ, तर धेरै खाँदा चक्कर, वाकवाकी, रक्तचाप घट्ने र बेहोस हुने जस्ता लक्षण देखिन सक्छन्।
टर्कीका मौरीपालक हसन कुटलुआटाका अनुसार, यो मह परम्परागत रूपमा लोक औषधि र यौन उत्तेजकका रूपमा प्रयोग हुँदै आएको छ। उनी भन्छन्, ‘हामीले धेरै खानु हुँदैन। एक चम्चा भन्दा बढीले असर गर्न सक्छ।’
इतिहासकारहरूले यो महको शक्ति हजारौं वर्षअघि पनि देखिएको बताउँछन्। इसापूर्व चौथो शताब्दीमा ग्रीक सेनाका सैनिकहरूले कालो सागर नजिकै यो मह बढी खाँदा उनीहरू कमजोर भएर ढलेका थिए — जसलाई इतिहासमा ‘पागल मह घटनाक्रम’ भनेर चिनिन्छ।
तर यो मह मानिसका लागि चुनौतीपूर्ण छैन। कुटलुआटा र उनका परिवारले भालुहरूबाट घार जोगाउनका लागि १० फिट अग्लो धातुबारले घेरेका झुपडीहरूमा मौरीपालन गर्छन्। उनीहरूका अनुसार, भालुहरू मह पागल भएर आक्रमण गर्न पुग्छन्।
आज पनि ‘डेली बाल’ स्थानीय समुदायका लागि मूल्यवान सम्पदा बनेको छ। यसको उत्पादन सानो मात्रामा भए पनि गुणस्तरका कारण यसको बजार मूल्य अत्यधिक हुन्छ। मौरीपालक एमिन कुटलुआटाले भन्छिन्, ‘हाम्रो महको गुणस्तर प्रकृतिको शुद्धताले निर्धारण गर्छ । उचाइ, सफा हावा र कम बस्तीका कारण यो मह विशेष हुन्छ।’
यो रहस्यमय ‘पागल मह’ जसले कहिल्यै भुल्न नदिने स्वाद र सावधानीको सन्देश दिन्छ। अझै पनि हिमाल र कालो सागरका भिरालो जंगलहरूमा मौरीहरूको शान्त तर खतरनाक प्रयासबाट बन्छ। एजेन्सी
प्रकाशित: २३ कार्तिक २०८२ ०८:१६ आइतबार





