५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

आजकै दिन ‘बेनजिर भुट्टो’ प्रधानमन्त्री बनेकी थिइन्

फाइल तस्बिर

आज नोभेम्बर १६ को दिन विश्व इतिहासमा राजनीतिक, सांस्कृतिक र मानवीय दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ। संयुक्त राष्ट्र सङ्घको ऐतिहासिक संस्थाको स्थापनादेखि ठुला राजनीतिक उतारचढाव र साहित्यिक घटनाहरू आजकै दिन भएका थिए। जसले विश्वभर तरङ्ग पैदा गरेको थियो। 

संयुक्त राष्ट्र सङ्घको ऐतिहासिक संस्था युनेस्को आजकै दिन स्थापना भएको थियो। युनेस्कोले आज आफ्नो स्थापनाको ८० औँ वर्षगाँठ मनाउँदैछ। १६ नोभेम्बर १९४५ मा औपचारिक रूपमा गठन भएको  यो संस्था संयुक्त राष्ट्रको राजपत्रमा घोषित भएअनुसार शिक्षा, विज्ञान र संस्कृति को माध्यमबाट अन्तर्राष्ट्रिय सहयोग बढाउँदै विश्व शान्ति र सुरक्षामा योगदान गर्न गर्दै आएको छ। 

यसको मुख्य लक्ष्य न्याय, विधिको शासन, मानव अधिकार  सहित स्वतन्त्रता का लागि विश्वव्यापी सम्मान स्थापित गर्नु रहेको छ। 

साथै  सन् १९८८ नोभेम्बर १६ का दिन सम्पन्न भएको पाकिस्तानको आम निर्वाचनमा बेनजिर भुट्टो को पार्टी ‘पाकिस्तान पिपुल्स पार्टी’ले शानदार जित हासिल गरेको थियो। यस विजयसँगै भुट्टो कुनै पनि मुस्लिम राष्ट्रको नेतृत्व गर्ने पहिलो महिला प्रधानमन्त्री बनेर विश्व इतिहासमा आफ्नो नाम लेख्न सफल भएकी थिइन् ।  

४० वर्षको उमेर नपुग्दै सत्ताको बागडोर सम्हालेकी बेनजिर भुट्टोले आफ्ना पिता तथा  पूर्व प्रधानमन्त्री जुल्फिकर अली भुट्टोको विरासतलाई निरन्तरता दिएकी  थिइन्। उनी लामो समयसम्म सैन्य शासन र जेल जीवन भोगेका संघर्षशील पृष्ठभूमिकी नेतृ हुन्।   

भुट्टोको उक्त जित ११ वर्ष लामो सैनिक तानाशाह जनरल जिया उल हक को शासनकालको अन्त्यपछि पाकिस्तानमा प्रजातन्त्रको पुनस्र्थापना को रूपमा लिइएको थियो। एक महिलाले इस्लामिक देशको नेतृत्व गर्नुलाई लैङ्गिक समानता र राजनीतिक सशक्तिकरणको विश्वव्यापी उदाहरणका रूपमा हेरिन्छ।  

रुसी साहित्यका महान् हस्ती तथा प्रख्यात लेखक फ्योदोर दोस्तोयेभस्की लाई आजकै दिन नोभेम्बर १६, १८७० मा जारशाही सरकार विरुद्धको भूमिगत क्रान्तिकारी संगठनको सदस्य भएको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो। लेखकको यो गिरफ्तारी र सजायको निर्णयले रुसको साहित्यिक तथा बौद्धिक  समुदायमा गहिरो शोक र स्तब्धता पैदा गरेको थियो्।

प्रकाशित: ३० कार्तिक २०८२ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App