५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

नोभेम्बर २६ अर्थात् १७ वर्षअघि मुम्बई हमला भएको दिन

आज नोभेम्बर २६ को दिन भारतको इतिहासमा  दुःखद स्मृति दिवसको रुपमा सम्झना गरिन्छ।  आजभन्दा १७ वर्षअघि  सन् २००८ मा भारतको  राजधानी मुम्बईमा  शृखंलाबद्ध आतङ्कवादी हमला भएको थियो।      

पाकिस्तानी आतङ्कवादी समूह लश्कर ए तैयबाका १० जना सदस्यहरूले समुद्री मार्ग हुँदै मुम्बईमा प्रवेश गरी शहरका १२ महत्त्वपूर्ण स्थानहरूमा अन्धाधुन्ध गोली प्रहार र बम विस्फोट गराएका थिए।        उक्त समुहले मुम्बईको ताज महल प्यालेस होटल, ओबेरॉय ट्राइडेन्ट होटल, रेलवे स्टेशन, क्याफे, अस्पताल लगाएका क्षेत्रमा हमला गरेका थिए। 

उक्त   आतंकवादी हमलामा १६६ जना सर्वसाधारण र  ९ जना आतंककारी सहित १७५ जनाको  मृत्यु भएको थियो  भने सयौं व्यक्ति घाइते भएका थिए। उक्त  हमलामा आवद्ध १० जनामध्ये ९ जना आतङ्ककारीहरू सुरक्षाकर्मीको कारबाहीमा मारिएका थिए। एक मात्र जीवित पक्राउ परेपछि  फाँसी दिइएको थियो। एजेन्सी

प्रकाशित: १० मंसिर २०८२ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App