साहित्यिक पत्रकार संघले कवि सन्तोषी पाण्डेको ‘सुमेरण’ कवितासङ्ग्रह लाेकार्पण गरेकाे छ।
कार्यक्रममा समालोचक प्रमोद प्रधान, शारदाका सम्पादक विमल भौकाजी, कवि सन्तोषी पाण्डे, कविकी माता देउसदा पाण्डे, पवनजङ्ग पाण्डे, भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली लगायतले कृतिकाे लाेकार्पण गरेका थिए।
लाेकप्रिय समालाेचक प्रमोद प्रधानले कविता शब्द संयोजन मात्रै नभई संवेदना र अनुभूति अभिव्यक्त गर्ने सशक्त माध्यम भएको बताए। सन्तोषीका कवितामा कवि चेतना प्रबल रहेको पनि उनले प्रधानले बताए।
सभापति राधेश्याम लेकालीले लाेकार्पित कृति सम्पादनमा विमल भौकाजीको उल्लेख्य भूमिका रहेकाे बताए। उनले सन्तोषीका कविता समयसापेक्ष र अनुभूतिप्रधान रहेको पनि बताए।
सम्पादक विमल भौकाजीले कृति सम्पादनका क्रममा कविताभित्रको भावना आत्मसात गरेको बताए। उनले पहिलो कृति भए पनि सन्तोषीका कवितामा काव्यगत गुणहरू रहेको बताए।
कवि सन्तोषी पाण्डेले ‘सुमेरण’ आफ्नो जीवनसँग गहिरो रूपमा जोडिएको भावनात्मक नाम भएको बताइन्।
अनुभूति, पीडा, आशा,विश्वास, जीवनका उतारचढावबाट कविता लेख्न अभिप्रेरित भएकाे बताइन्। उनले ‘अमिट स्मृति’ शीर्षक कविता वाचन गर्दै दिवङ्गत दाजुप्रति श्रद्धाञ्जलि अर्पिएकी थिइन्।
कार्यक्रममा कवि तथा गीतकार सुमन थापाले ‘कविताको जन्म’ शीर्षक कविता वाचन गरेकी थिइन्।
प्रकाशक केशव पराजुलीले पहिलो कृति भए पनि पठनीय र सशक्त भएकाले प्रकाशन गरिएको बताए।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभाध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन साहित्यकार सुभाषचन्द्र पौडेलले सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा प्राडा गोविन्दमानसिंह कार्की, राजेश खनाल, शिवप्रसाद भट्टराई, जीवन श्रेष्ठ लगायत साहित्यकारहरूको उल्लेख्य उपस्थिति थियो।
प्रकाशित: ९ वैशाख २०८३ ०८:२२ बुधबार





