घटना भएलगत्तै प्रहरीले चेतबहादुरलाई नियन्त्रणमा लिएको छ। उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। परपुरुषसँग लसपस भएकाले असह्य भएर हत्या गरेको बयान चेतबहादुरले दिएका छन्।
साँढे तीन र डेढ वर्षका दुई छोराकी आमा सुनिताको श्रीमानले हत्या गरेपछि बालबालिकाको पालन पोषणमा समेत समस्या हुने भएको छ। भुजेललाई आजै प्रहरीले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा दर्ता गराइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश थापाले बताए।
मृतक सुनिता भुजेलको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पतालमा राखिएको छ।
प्रकाशित: ६ पुस २०७१ ०१:१० आइतबार





