१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

खरेललाई लाइफटाइम अवार्ड

चितवन- फिल्मकर्मी यादव खरेललाई चितवनमा लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। चितवनको रेडियो कालिका एफएमले १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको दसौं म्युजिक अवार्डमा खरेललाई लाइफटाइम अवार्ड प्रदान गरिएको हो।

एफएमका अध्यक्ष विक्रम पाण्डेले आइतवार दोसल्ला सहित अवार्ड प्रदान गरे । यसअघि खरेलले विभिन्न क्षेत्रबाट दर्जनौं सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन्। उनले १७ वटा गीति एल्बम निकालेको र दर्जन नेपाली फिल्म निर्देशन गरेका छन्। उनी चलचित्र निर्माता संघका संस्थापक अध्यक्ष समेत हुन्। 
अवाड लिँदै खरेलले संगीत क्षेत्रको विकासमा सञ्चारमाध्यमको भूमिका महŒवपूर्ण रहेको भन्दै कलाकारलाई अगाडि बढ्न मद्दत गर्ने बताए। सभासदसमेत रहेका अध्यक्ष पाण्डेले अवार्ड वितरण गरेपछि आफू समाजसेवामा अझै क्रियाशिल हुने बताए।
महिनाव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाएको एफएमले लोक गायिका मञ्जु महतलाई मरणोपरान्त सम्मान समेत गरेको छ। चितवनको नारायणी कला मन्दिरमा पाँच सय बढी दर्शकमाझ दुई दर्जनभन्दा बढी कलाकारलाई म्युजिक अवार्ड वितरण गरिएको थियो। लोक, आधुनिक, फिल्म, पप, गजल, संगीत, एल्बम ब्यान्ड लगायत विधामा कलाकारले अवार्ड थापे।
लोकदोहोरीमा तीर्थ सापकोटा, स्थानीय कलाकारमा भुवन प्यासी, लोकदोहोरी शब्दतर्फ शिरीष देवकोटा, संगीतमा रामजी खाँड, महिला गायनमा मञ्जु पौडेल, पुरुषमा पशुपति शर्माले अवार्ड पाए। 
आधुनिकतर्फ शब्दमा भोला रिजाल, संगीतमा राजकुमार बगर, गायिकामा माण्डवी त्रिपाठी, गायकमा प्रमोद खरेल, गजलमा आनन्द कार्कीले अवार्ड हात पारे।
राष्ट्रिय गीतमा नरेन्द्र नेम्बाङले अवार्ड जिते। नवकलाकारमा सुरज थापाले अवार्ड पाए भने पपगायिकातर्फ सञ्जना श्रेष्ठ, पपगायकतर्फ कमल खत्री, संगीतमा लोकेश गुरुङ र ब्यान्डमा सबिन राई एन्ड इलेक्ट्रिकले अवार्ड पाए। सञ्जना र भुवन प्यासी चितवनका उदाउँदा कलाकार हुन्। श्रेष्ठले पहिलोपटक अवाड पाएकाले भावुक भइन्।
फिल्मको गीत रचनातर्फ कृष्णहरि बराल, संगीतमा वसन्त सापकोटा, गायिकामा मिलन अमात्य, गायकमा शिव परियारले अवार्ड लगे। युगल गीतमा रजिना रिमाल र युवराज चौलागाईले अवार्ड पाए।
अवार्ड वितरणमा कलाकारहरु प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मिलन अमात्य, मञ्जु पौडेल, प्रेम परियार, शिव परियार लगायतका प्रस्तुतिमा दर्शक झुमेका थिए।

प्रकाशित: २६ आश्विन २०७१ २२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App