३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

नक्कली चिकित्सक पक्राउ

काठमाडौं– धनुषा जनकपुरधाम–९ का ३२ वर्षीय नक्कली चिकित्सक प्रदिपकुमार गुप्तालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको छ।


नेपाल मेडिकल काउन्सिलमा चिकित्सिक दर्ता प्रमाणपत्र परीक्षा दिनको लागि बिहार इन्टर मेडियट एजुकेशन काउन्सिलबाट प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेको भनी नक्कली प्रमाणपत्र बनाई एमबिबिएस चीनबाट अध्ययन गरी सोही आधारमा इन्र्टनशीपसमेत गरी सर्वसाधारण मानिसहरूलाई गुप्ताले उपचार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा पटक–पटक सहभागी भई अनुतिर्ण भएपछि यस पटकको परीक्षामा सहभागी हुन आएका गुप्तालाई नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा २६ र २७ बमोजिमको आवश्यक अनुसन्धान प्रक्रिया सुरू गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २४ फाल्गुन २०७२ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App