संघकी अध्यक्ष सुनीता थापाले नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको बताइन्। 'सबै उमेर समुहले मन पराउने र लोकप्रिय खेललाई नेपालमा सही ढंगले विकासको बाटोमा अघि बढाउने जिम्मेवार निकायको कमी महसुस भएकाले संघको स्थापना गरेर प्रतियोगिता गर्न लागेका हौं,' उनले भनिन्। संघ राष्ट्रिय खेलकुद परिषदमा १ सय ५७ औं राष्ट्रिय संघका रूपमा दर्ता भइसकेको छ।
दशरथ रंगशालामा हुने 'अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता' मा प्रदर्शनी खेलमा महिला रेस्लिङ पनि समावेश गरिएको छ । महिला रेस्लिङमा दुई जापानी रेस्लरले सहभागिता जनाउने छन्। जापानी महिला रेस्लरद्वय नानाई ताकाहाशी र सारीले सहभागिता जनाउने पक्का गरिसकेको आयोजकले जनायो । नेपालकी पहिलो महिला रेस्लिङ रेफ्री सुनीता थापा र जापानका योशिसुकी नाकामुराले प्रतियोगिताका खेल खेलाउने बताइएको छ।
प्रकाशित: २० फाल्गुन २०७२ २०:३९ बिहीबार





