४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

पाटे बाघको छाला र हड्डीसहित ८ पक्राउ

धनगढी– प्रहरीले पाटे बाघका २ छाला र हड्डीसहित ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले पेशा नै बनाएर बाघ मार्ने काम गरेको प्रहरीको भनाइ छ।प्रहरीले पटक पटक बाघका छाला र अंग पक्राउ गरे पनि ठूलो संख्यामा तस्करसमेत पक्राउ गरेको यो पहिलो पटक भएको प्रहरी नायव महानिरीक्षक माधव नेपालले बताए। 'पहिलो पटक बाघ मार्ने समुह नै पक्राउ गर्न सफल भएका छौं,' उनले भने। उनीहरुको बयानबाट बाघ कसरी मार्ने गर्छन् भन्ने कुरा जानकारीमा आएको उनले बताए।

बुधबार बिहान ५ बजेतिर कैलालीको पहलवानपुर गाविस १ बाट ११ फिट २ इन्च लम्बाई र ३ फिट २ इन्च चौडाइको तथा १० फिट ९ इन्च लम्बाई ३ फिट २ इन्च चौडाईको गरी २ थान पाटे बाघको छाला समातिएको गरिएको डिआइजी नेपालले बताएका छन्। यसैगरी पाटे बाघको ३९ किलो ५ सय ग्राम हड्डी समातिएको छ। सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुह इन्चार्ज प्रहरी नायव निरीक्षक वीरेन्द्र सिंह जोहारीको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो।

सूचनाका आधारमा पिछा गर्दा छाला र हड्डी बोकेर हिँडिरहेका बेला ८ जनालाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक जोहारीले बताएका छन्। पक्राउ पर्नेहरुमा २ नेपाली र ६ जना भारतीय छन्। भारतीय वावरिया समुहको पेशा नै बाघ मार्ने रहेको अनुसन्धानबाट खुलेको उनले बताए।

पक्राउ पर्नेमा कैलाली लालबोझी १ बस्ने ३५ बर्षीय दुःखराम चौधरी, कैलाली पहलवानपुर ६ वस्ने ४८ वर्षीय अगानु चौधरी रहेका छन्। यसैगरी भारतको हरियाणा हिसार काव्रेल बस्ने ४० वर्षीय जगदिशचन्द्र बबरिया, ३२ वर्र्षीय रामपाल वावरिया, लुदियाना पंजाबका ४० वर्षीय रामु वावरिया, ३१ वर्षीय श्रवण वावरिया, रोपड चम्कोरशाही पन्जाब बस्ने ४० वर्षीया कमला वावरिया, २८ वर्षीया अनारकली वावरिया पक्राउ परेका हुन्।

एक महिनाअघि बर्दिया राष्ट्रिय निकुन्जवाट २ पाटे बाघ पासोमा हालेर मारेको पक्राउ परेकाले बयान दिएको सहि जोहारीले बताएका छन । 'यिनीहरुले यो लगाएर ६ पाटेवाघ नेपालमा मारेका छन 'उनले भने ।

पक्राउ परेका वावरिया जातीका यिनीहरुको पेशा नै वाघ मार्ने रहेको बुझिएको छ । पक्राउ परेका रामपाल वावरियाले आफूहरुको पेशा नै बाघ मार्ने रहेको बताएका छन ।भारतको हरियाणा,पंजाव,पिलभित,सम्पुर्णानन्द लगायतका स्थनामा वसोवास गर्ने वावरिया जातीकोे गाउँमा एक जना प्रधान हुन्छ । पंचायत वसेर बिभिन्न समुह बनाई वाघ मार्न नेपाल र भारतका बिभिन्न स्थानमा पठाइने गरिएको उनीहरुको बयानवाट खुलेको प्रहरीले बताएको छ । वावरियाले पासो,बिष र घरेलु हतियार प्रयोग गरि वाघ मार्ने गरेका छन । 'बिहान उठ्ने वेला भगवान सँग बढी वाघ मार्न सकुँ भनेर यिनीहरुले प्रार्थना गर्छन 'प्रहरी नायव निरिक्षक जोहारीले भने । वाघ मारेर ल्याएपछि देवीलाई वोका वलि दिएर पुजा गर्ने गरेको उनीहरुले बयान दिएका छन ।

यिनीहरुले एक बाघको छाला सहितको पुरै सेट ३ लाख रुपैया सम्मका कारोवारीलाई बिक्री गर्ने गरेका छन । वाघका छाला र हड्डी यिनीहरुवाट संकलन गर्ने कारावारीले चाइना र भियतनाममा एकै वाघको सेट ५० लाक सम्ममा बिक्री गर्ने गरेको बुझिएको प्रहरी नायव निरिक्षक जोहारीले बताएका छन । ति देशहरुमा सुप बनाउन,रक्सी बनाउन,पाउडर बनाउने लगायतमा हड्डी र अंग प्रयोग हुने गरेको उनले बताए । यसैगरि घरमा सझाउन,लगायतमा छाला प्रयोग गर्ने गरिएको छ । वाघका छाला र अंगको कारोवार गर्ने गिरोहका नाइके भने अहिले सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

१ वर्षको अवधीमा सुदुर र मध्य पश्चिमका १० ठाउँवाट नेपाल प्रहरीको सुदुरपश्चिम क्षेत्रिय अनुसन्धान समुहले बाघको छाला र हड्डी पक्राउ गरेको डिआईजी नेपालले बताए । अहिले सम्म छाला र हड्डी सहित पक्राउ गर्नेको संख्या १८ पुगेको छ । वाघ मार्ने र वाघको छाला र अंग ओसारपसार गर्ने पक्राउ परेपनि चाइना,भियतनाम लगायतका देशमा महंगोमा कारोवार गर्ने गिरोहका नाइके समातिन सकेका छैनन् । बाघ मार्ने वावरिया घुमन्ते रुपमा बिभिन्न ठाउँमा पाल टाँगेर वस्ने गर्छन । उनीहरु बाघ मार्छन् ।

प्रकाशित: २७ माघ २०७२ ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App