४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

गाउँकै चेलीलाई मुम्बईमा बिक्री गर्ने अख्तर पक्राउ

रौतहट-मानव बेचविखन तथा ओसार पसार मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। २०६९ सालमा आफ्नै गाउँको चेलीलाई भारतको मुम्बईमा बिक्री गरी फरार रहेका रौतहटको राजपुर तुलसी गाविस वडा नम्बर ९ का ४० बर्षीय शेष ओसि अख्तरलाई जिल्ला प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको हो।


मधेस आन्दोलनको कारण सुरक्षाको चुनौती बढेर गाउँ–गाउँमा प्रहरी गस्ती कम भए पछि लामो समयदेखी फरार रहेका अख्तर आफ्नै घरमा बसिरहेको बेला पक्राउ गरेको डिएसपि राजेन्द्र पोखरेलले बताए।

उनीले मुम्बईमा विक्री गरेकी चेली चार महिने शिशु बोकेर घर फर्किएकी थिइन्। स्टुडियोमा फोटो खिचाउने बहानामा गाउँकै ४ जनाले सिमवर्ति भारतको बैरगनिया बजारमा लगेर वेहोस वनाइ मुम्बइमा लगेर बिक्रि गरेका थिए। १४ महिनापछि युवर्ती काखमा शिशु लिएर फर्किएकी थिइन।

शेख ओशी अख्तर, शेख महफुज, शेख मरगुव र लेफाकत मियाको श्रीमति सेहरा खातुनले घरवाट विभिन्न प्रलोभन देखाएर फोटो खिचाउने बहानामा सिमावर्ति भारतको बैरगनियमा लगेपछि फोटो स्टुडियो पसलमा मुख सफा गर्नलाई नसालु पदार्थ मिसाएर रुमाल दिएपछि आफु वेहोस भएको र तीन दिनपछि होस खुल्दा भारतको मुम्बईको एक कोठिमा बेचिएको ति युवतीले चाल पाएकी थिइन्।

जिल्ला अदालतले २०७१–९–२२ गतेका दिन आरोपित चारैजनालाइ जनही पाचास–पचास हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा गरेपनि पुरनरावेदन अदालत हेटौडाँ २०७१–१२–२६ गतेका दिन आरोपितलाई थुनामा राखि कारबाहि गर्ने फैसला सुनाएको थियो।

प्रकाशित: २४ माघ २०७२ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App