१४ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

केटी बेच्ने सैनिक जवानलाई कारवाही गर्न अादेश

मलेखु (धादिङ)—चार महिलालाई बिक्री गर्न खोज्नेमध्येका एक सैनिकलाई कानुनबमोजिम कारबाही गर्न र एक महिलालाई पुर्पक्षका लागि थुनामा राख्न धादिङ जिल्ला अदालतले आदेश दिएको छ।जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले अभियुक्त रोल्पा जिल्ला स्युरी गाविस–२ की २५ वर्षीया रचना गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न र निलकण्ठ नगरपालिका–२ का २८ वर्षीय नेपाली सेनाको प्युठ मीनबहादुर गुरुङलाई आफ्नो क्षेत्राधिकारभित्र नपरेकाले सेनाको जिम्मा लगाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

चार महिलालाई काठमाडौँबाट गाडीमा राखेर भारत हुँदै तेस्रो मुलुकतर्फ लान लागेको थाहा पाएपछि प्रहरीले पुस २६ गते धादिङको नौबिसेबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

अभियोग लागेका अर्को ललित पुन भने फरार छन्। उनको ठेगाना समेत खुल्न सकेको छैन । चार महिलालाई काठमाडौँबाट गाडी चढाएर अभियुक्तले धादिङको नौबिसेमा झरेर बस्न भनेको र नौबिसे झरेको अवस्थामा प्रहरीले पीडितलाई उद्धार गरी उनीहरुविरुद्ध जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो । रासस

प्रकाशित: २० माघ २०७२ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App