३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

फरार रहेका दुई अभियुक्त पक्राउ

महोत्तरी – जिल्ला प्रहरी कार्यालय महोत्तरीले अलगअलग मुद्दामा फरार हरेका दई जना अभियुक्तलाई पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष गस्ती टोलिले २०६५ माघ १८ गते खुट्टापिपराढी–२, बस्ने ४२ वर्षका जयनारायण यादवलाई गोली हानी हत्या गरेर फरार भएका सोहि गाउँ वडा नं. ९ बस्ने रामनारायण यादवलाई पक्राउ गरेको हो।

पक्राउ परेका यादवले २०६५ माघ १८ गते राति जयनारायण आफ्नो घरमा सुतिरहेको बखत उनको घरमा सुरुङ्ग खनी पसेर गोली हानी हत्या गरेर फरार भएका थिए। घटना भएलगत्तै मृतक यादवको आफन्त जयकरण यादवले जिल्ला प्रहरीमा रामनारायणविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गराएका थिए। सोहि मुद्दाअनुसार प्रहरीले अनुसन्धान थालेपछि सोहि समयदेखि रामनारायण फरार भको खुल्न आएको थियो। र, प्रहरीको खोजी सूचीमा परेका थिए।

पक्राउ परेका रामनारायणलाई अहिले प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाइउको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी जनक भट्टराईले बताए। त्यसैगरी, ठगी मुद्दामा पुरावेदन अदालत जनकपुरबाट कैद र जरिवाना फैसला भई फरार रहेका गौशाला ३ घर हाल गौशाला नगरपालिका–६ बस्ने चन्देश्वर साह सुडीलाई प्रहरीले पक्रेको छ ।

पक्राउ परेका साहलाई पुनरावेदन अदालत जनकपुरले २०६३ असार १० गते उनीविरुद्द अदालतसमक्ष प्रस्तुत भएको लगत नं. १७७÷३ को ठगी मुद्दामा फैसला गर्दै ३ महिना कैद र ३ हजार जरिवाना गरेको थियो। पक्राउ परेका साहले किर्ते कागज खडा गरी संस्थान ठगी गरेको मुद्दा रहेको र उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरेपछि अदालतको आदेशअनुसार थुनामा राखिएको एसपी भट्टराईले बताएका छन्।

प्रकाशित: २७ पुस २०७२ ००:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App