विजेता भीमले निर्धारित दुरी २ घन्टा ४१ मिनेट ५२ सेकेन्डमा पूरा गरेका थिए। दानबहादुरले २ घन्टा ४५ मिनेट ४१ सेकेन्ड र गणेशले २ घन्टा ४९ मिनेट ३६ सेकेन्ड लगाए।
महिलातर्फको ३० किमि दौडमा भने स्थानीय खेलाडीले पहिलोदेखि तेस्रो स्थान हासिल गरे। विजेता संगीता तामाङले ३ घन्टा ४६ मिनेट ३२ सेकेन्ड, अनिता तामाङले ३ घन्टा ४६ मिनेट ४४ सेकेन्ड र तेस्रो भएकी कुमारी तामाङले ३ घन्टा ४९ मिनेट ३२ सेकेन्ड लगाएका थिए। दुवैतर्फका विजेताले जनही १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
यसैगरी २० किमि दौडमा एपिएफका लक्ष्मण मल्ल ठकुरीले २ घन्टा २ मिनेट ४ सेकेन्डबाट पहिलो भए। एपिएफकै जितेन्द्र राई दोस्रो र नारायण थापा तेस्रो भए। सोही दुरीमा महिलातर्फ एपिएफकी सोनुजया राई पहिलो भइन्। उनले ३ घन्टा ४ मिनेट ५२ सेकेन्डमा दौड पार गरिन्। बतासेकी सपना थामा दोस्रो र डोल्मा लामा तेस्रो भए। यस विधाको दुवैतर्फका विजेता खेलाडीले ९ हजार, दोस्रोले ६ हजार र तेस्रोले ३ हजार पाए।
प्रतियोगिताको यु–१५ तर्फ १० किमिमा पनि बतासेका खेलाडीले वर्चस्व राखे। ब्वाइतर्फ लामा ओम स्याङताङ पहिलो, प्रदीप गिरी दोस्रो र जितु श्रेष्ठ तेस्रो भए। गर्ल्सतर्फ बतासेकी सुनीता तामाङ विजेता र बिबी माया तामाङ उपविजेता भए। मेलन्चीकी अप्सरा चालिसेले तेस्रो स्थान हासिल गरिन्।
फ्रेन्ड्स अफ हिमालयन चिल्ड्रेनले आयोजना गरेको दौड बतासेबाट सुरु भई मेलन्ची पुगेर सकिएको थियो।
प्रकाशित: २५ पुस २०७२ २२:४७ शनिबार





