नेपालगन्ज–१२ स्थित कुर्मीटोलदेखि चमारटोलसम्मको सडक कच्चीका लागि सम्पन्न भएको कामलाई पास गर्न उनले कोषाध्यक्ष उदित काहारसFग घुस लिएका थिए। आर्थिक बर्ष २०६६-०६७ को बजेट आठ लाख ५० हजारको सडकको काम पूरा भएपनि १० प्रतिशत नदिएको भन्दै पास भएको थिएन्। ईन्जिनियर पियाले सडकको काम पूरा भएको पास गर्न दश प्रतिशतको रकम नदिएकोले बर्षौदेपखि रोक्दै आएका थिए। पियाले उपभोक्ता समितिसँग नगरपालिकामा भुक्तानी बाँकी रहेको एक लाख ८४ हजार ६४४ रुपैँया माग्दै आएका थिए।
अन्तिममा सडक कामको पैसा अरुलाई पनि दिन बाँकी रहेको र ८० हजार रुपैँया मात्र दिने सहमती अनुसार सडक निर्माण कोषाध्यक्ष काहारले शुक्रबार ८० हजार रुपैँया कार्यकक्षमै दिएका थिए। अख्तियारको टोलीले ईन्जिनियर पियालाई घुस लियलगत्तै कार्यकक्षमै पक्राउ गरेको थियो।

८० हजार घुससहित पक्राउ परेका उपमहानगरपालिकाका ईन्जिनियर पिया।
प्रकाशित: २४ पुस २०७२ ०४:०० शुक्रबार





