११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

आफैंले बोकेको भरुवा बन्दुक पड्किएर घाइते

पथरी (मोरङ)- भरुवा बन्दुक पड्किएर मोरङको सुन्दरदुलारीका एकजना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाका अनुसार गएराति स्थानीय सामुदायिक वनमा सिकार खेल्न गएका सुन्दरदुलारी-३ का ४० वर्षीय दिनेश श्रेष्ठ आफैंले बोकेको भरुवा बन्दुक पड्किएर घाइते भएका हुन्।

प्रहरी निरीक्षक थापाका अनुसार बायाँ कोखामा बन्दुकको छर्रा लागी गम्भीर घाइते भएपछि श्रेष्ठलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगिएको छ।

प्रहरी निरीक्षक थापाका अनुसार वन्यजन्तुको अवैध सिकार गर्न जङ्गलबाट निस्कने वन्यजन्तु ढुकेर बस्नका लागि लक्षित गरेर बर्रोका रुखमा बनाइएको मञ्चमा चढ्ने क्रममा लोड गरिएको भरुवा बन्दुक पड्किएर श्रेष्ठ आफैँ घाइते भएका हुन्। रासस

प्रकाशित: २४ पुस २०७२ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App