पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नम्बर १६ का २३ वर्षीय कैलाश श्रेष्ठ र मोरङको डाँगीहाट गाविस ४ का २८ वर्षीय डिल्लीबहादुर भण्डारी छन्। धरानका श्रेष्ठले पुष १९ गते राती ४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोप छ। पीडित बालिकाको आफन्तले दिएको जाहेरीको आधारमा श्रेष्ठलाई तत्काल पक्राउ गरी अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालका डिएसपी सुदम सिजापतिले बताए। उनका अनुसार श्रेष्ठले ती बालिकालाई आफ्नो घरमा क्याडभरी चकलेटको प्रलोभन देखाएर बोलाई जबर्जस्ती करणी गरेको उजुरी छ।
यस्तै, पुष १९ गते मध्याह्न १२ बजे धरान भेडेटार सडकखण्डमा पर्ने धरान २० स्थित मनास्लु होटलको लजमा जर्बजस्ती करणी गरेको युवतीले उजुरी गरेपछि मोरङ डाँगीहाटका डिल्लीबहादुर भण्डारी समातिएका छन्। धरान घर भएकी ती २३ वर्षीय युवतीले लजमा बसीरहेको अवस्थामा ढोका बन्द गरी मुखसमेत थुनेर जबर्जस्ती करणी गरेको उजुरी दिएपछि भण्डारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी सिजापतिले जानकारी दिए। उनका अनुसार दुवैलाई जर्बजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रकाशित: २३ पुस २०७२ ०१:४३ बिहीबार





