काठमाडौं- भारतीय निर्माण कम्पनि जिएमआरको ललितपुर चाकुपाटी स्थित कार्यालयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। पेट्रोल बम प्रहारबाट कार्यालयका झ्यालका सिसा फुटेको महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी प्रतापसिंह थापाले बताए।
कार्यालयको पर्खाल बाहिरबाट अज्ञात समूहले पेट्रोल बम फालेका थिए। जिएमआरले नेपालमा माथिल्लो कर्णली ९ सय मेगावाट र मथिल्लो मर्स्याङदी २, ६ सय मेगावाटको निर्माण गरिरहेको छ।
सरकारले यही माघ ४ गते राष्ट्रिय बैठक बोलाएको छ। नयाँ संसद् भवन बनिनसकेकाले माघ ४ गते बस्ने राष्ट्रियसभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने भएको छ।