२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

मंसिर अर्थात् प्रश्नमय याम

यसपटक पनि यत्तिकै गयो मंसिर।

उत्तर नदिई गयो।

उत्तर नदिई भन्नाले, अविवाहितले अनेक प्रश्न झेल्नुपर्छ यो महिना।

–यो जाडोमा त दुई हुने होला नि? साथीभाइ ठट्टा गर्छन्।

–यो मंसिर त मनाउनुपर्ने! आमाबाको घुमाउरो प्रस्ताव आउँछ।

–खोइ भोज खान पाइएन? छिमेकी चासो प्रकट गर्छ।


महिलाका बारेमा कुनै प्रसंग निस्कँदा अफिसका सहकर्मीसँग केही तर्क गर्यो।, सीधै झटारो आउँछ, 'कति न महिलाबारे जानकार भएजस्तो। अझसम्म 'आफ्नै' एउटा श्रीमती बनाउन सक्या छैन।'

लगातार पाँच वर्षदेखि यस्तै प्रश्न, यस्तै ठट्टा र यस्तै आशय दोहोरिरहेका छन्। र, मसँग एउटै उत्तर छ– ङिच्च दाँत देखाएर फिस्स हाँस्यो।

अस्ति पसले दिदीले समेत सोधिन्, 'भाइ कति आफैँ सब्जी किन्छौ? कहिलेकाहीँ दुलहीलाई पठाए हुन्छ नि।'

'दुलही माइतै छिन्,' मैले लामो संवाद गर्न चाहिनँ।

'त्यही भएर पो यतातिर देख्दिनँ। कति माइत बस्न दिएको, बोलाए भै'गो नि,' उनले सुझाइन्।

'यत्तिकै बोलाएर आउन्नन्। डोली लिएर जानुपर्नेछ। साइत जुर्याी छैन। अझ उनको माइती कतातिर हो? त्यो पनि पत्तो लाउन सक्या छैन,' घुमाउरो उत्तर दिएँ।

'ए... सिंगल पो?' उनले कुनै अपराधीलाई हेरे जस्तो गरी हेरिन्।

म ङिच्च हाँसे। जसरी अरू बेला यस्तै सन्दर्भमा हाँस्ने गर्थें।

'केको ङिच्च गर्याअ? उमेरमा यसरी दाँत देखाउँदै हिँड, पछि त्यै पनि फुक्लेर देखाउन नमिल्ने होला।' यो उनको सुझाव थियो या चेतावनी या ठट्टा? मैले भेउ पाइनँ। पाउने प्रयत्न पनि गरिनँ।

एक मुठा साग लिएर हिँडेँ।

मंसिर लाग्यो कि जहाँ पुगे पनि कुरो यता घुमायो, उता घुमायोे, विवाहमा आएर जोडिन्छ। आफूलाई यसप्रति पटक्कै चासो नभएको भने होइन। तर, आफ्नै योजना छ। जुन न सबैलाई सुनाउँदै हिँड्न जरुरी छ, न सुनेर नै उनीहरूलाई केही हुनेवाला छ।

यतिसम्म सहिएकै थिइयो। हुँदा–हुँदा आवतजावत भइरहने केटी साथीको घरसमेत जान नहुने भएछ।

केही दिनअघिको कुरा हो। बेलुकीपख बानेश्वर हुँदै अफिसतिर हिँडिरहेको थिएँ। सँगै कलेज पढेकी साथीको आमाछोरीसँग बाटोमा भेट भयो। सँगै पढ्दा हाम्रो मिल्ने ग्रुपकै एक सदस्य भएकीले ती साथीकी आमाले पनि चिन्थिन्। कलेज ओहोरदोहोर गर्दा कति समय आमाको हातको चिया र खाना खाएर पनि हिँडिएको थियो। लामै समयपछि भेट भयो। भलाकुसारी भयो।

कुरो बिहेमै आएर जोड्नुभयो, 'बाबु, बिहे गर्यौथ?

'छैन।'

'ढिलो हुन लाग्यो, गरिहाल,' यो सुझावात्मक धम्की थियो वा धम्कीपूर्ण सुझाव?

उहाँले सँगै भोलिपल्ट बिहानको खाना खान आउन कर गर्नुभयो। नाइँनास्ति गरिएन।

भोलिपल्ट गइयो।

एउटा कोट लाउन साइत कुर्नु पर्दैन। सधैँको जस्तै ड्रेसअप थियो। घरमा गएँ। साथीको बुबा बैठक कोठामा पत्रिका पढ्दै हुनुहुन्थ्यो। गएर नमस्कार गरेँ, चिनापर्ची गरेँ। बूढाले ज्यानलाई तलदेखि माथिसम्म घुरेर हेरे। अलि असहज भए पनि मुस्कुराएर बसेँ। बूढा पत्रिकामै व्यस्त भए। म मोबाइल खेलाउन थालेँ। ममीले चिया ल्याउनुभयो। फेरि 'छोरीको साथी' भनेर चिनजान गराइदिनुभो। बूढाले वास्तै गरेनन्। मलाई बूढा ठिस रहेछन् भन्ने लाग्यो।

पत्रिका सकेपछि बूढाले मसँग बोल्ने जाँगर चलाए। जागिरका लागि अन्तर्वार्ता लिएजस्तो गरेर घर, गाउँ, पढाइ, जागिर, कमाइ सबै सोधे। जागिरमा आएर अलि बढी नै अडि्कए।

'अनि कति छ तलब?' बूढाले ठाडै सोधे। यो भलाद्मी प्रकृतिको सोधाइ थिएन। किनभने, मेरो तलबको साइज ठ्याक्कै यति रकम पनि कसरी भन्नु? 'फाइभ डिजिट'को स–सानो अंक न हो, मेरो तलब। मेरा साथी सर्कलमा महिनामा 'सिक्स डिजिट' भ्याइदिने अर्थात् लाखमाथि आम्दानी गर्ने पनि छन्। जुन मेरा निम्ति एउटा स्वैरकल्पना थियो। अथवा, एउटा दुस्वप्न।

बूढालाई भनिदिएँ, 'खान बस्न पुग्ने छ।'

'एक्लैलाई कि परिवारलाई?' उनको सवाल शृंखला लम्बियो।

–मसँग भाइ छ। उसलाई र मलाई खान, बस्न र पढ्न पुग्या छ।

'अरू केही व्यापारस्यापार सोच्या त छैनौ नि?'

–अहिलेसम्म छैन। पढाइ पनि जारी नै छ। बिस्तारै सोचौँला।

बूढाका प्रश्न ढुकुटी रित्तिएछ। केही बोलेनन्। फेरि पत्रिकातिरै दोहोर्यानएर हेरे।

लामो मौनतापछि सोधे, 'घर, गाडी केहीको व्यवस्था भइसक्यो कि?'

मलाई झनक्क रिस उठ्यो। रिस त खाना खान बोलाएर मेरो टाउको खाइरहेकोमा पहिल्यै उठेको थियो। घर, गाडीसम्मै सोध्न थालेपछि भाउन्न भयो। एक छाक खाना खान आउनेको घर होस् कि नहोस्? गाडी चढोस् कि साइकल, के मतलब? भन्ने मनमा लागिरह्यो। तर, केही बोलिनँ।

'घर, गाडी नभएर त कसरी हुन्छ?' फेरि बूढा बोले।

मेरो पारो चढिसकेको थियो। आफूलाई रोक्ने अवस्थामा थिइनँ। साथीको बाउ भएकाले कडा जवाफ पनि दिन सकिरहेको थिइनँ।

मैले ठट्टा गरेँ, 'अहिले त घर, गाडीभन्दा पनि ग्यास र पेट्रोलको चिन्ता बेसी छ। यी दुई चिज भए मान्छे घर, गाडी पनि त्याग्न तयार छन्।'

'अहिले पो यस्तो छ त। पछि सामान्य भइहाल्छ नि। घर, गाडी त हुनुपर्योर नि?' बूढा एकोहोरिएका थिए।

'घर होइन, बुबा, म त एकैचोटि निवासमा बस्ने। गाडी चढ्ने होइन, सवारी गर्ने योजना पो छ त मेरो,' मैले प्रश्नको अन्त्य गर्ने विचार गरेँ।

बूढा एकैचोटि ताते, 'वाहियात कुरा गर्ने? तिमी तुरुन्त गइहाल याँ'बाट।'

मलाई के गरौँ, के नगरौँ भो। खाना खान जसले बोलाए पनि घर त बूढाकै थियो। म पनि निस्किनु नै बेस ठानेर निस्किदिएँ।

घरबाट अलि परै पुगेपछि ती साथीलाई म्यासेज गरेँ, 'मेरो त अपर्झट अफिसमा काम पर्यो , अफिस हिँडेको। अर्काेचोटि खाना खाउँला है।'

उनले त्यसो नगरेको भए हुने भनेर म्यासेज गरिन्। सकेसम्म काम सकेर फर्किन आग्रह गरिन्। नभनेरै हिँडेकोमा चित्त दुखेको बताइन्।

खाना खान बोलाएर अपमानित भएकोमा चित्त मैले दुखाउनुपर्ने थियो। तर, मलाई त्यतातिर खास वास्ता भएन। कोही–कोही यस्तै ठिस हुन्छन् भन्ने ठानेर चित्त बुझाइदिएँ। चित्त बुझाउनुबाहेक अर्काे विकल्प उपलब्ध पनि त थिएन।

कुरो यहीँ सकिएन। बूढाले तुरुन्तै छोरीलाई हप्काउन भ्याएछन्– 'यस्तो उल्टोसुल्टो कुरा गर्नेलाई मसँग भेटाउने? तँलाई त एकैचोटि निवासमा राख्ने र सवारी गराउने रे!' जति सकिन्थ्यो त्यति भिलेनका रूपमा मलाई छोरीसमक्ष प्रस्तुत गरेछन्।

ती साथीले सोधिछन्, 'मलाई किन निवासमा राख्छ उसले र सवारी गराउँछ?'

बूढाले फेरि सोधेछन्, 'मैले विवाहका लागि लायकको केटो खोजिदिँदा मेरो ब्वाइफ्रेन्ड छ भनेको होइन। त्यही केटो होइन यो?'

आफूले भेटाउन खोजेको केटा अर्थात् ब्वाइफ्रेन्ड जापानबाट नेपाल आइनसकेको र म उसको मिल्ने साथी मात्रै भएको अवगत गराइछन् उनले।

ती साथीका अनुसार बूढाले गल्ती महसुस गरेका छन्।

हाम्रो राम्रो सम्बन्धमा मंसिर र विवाहको कुरा यसरी पनि भिलेन भयो।

झुक्किएर भए पनि केटीका लागि पहिलोपल्ट अन्तर्वार्ता दिइयो। अन्तर्वार्ताबाटै आउट भइयो। अर्काेपल्ट साँच्चै केटी हेर्न वा माग्न जानुपर्योा भने अन्तर्वार्ता चरणबाटै फेल भइएला कि भन्ने डरसमेत पैदा भएको छ।

अर्काे डर झन् चर्काे छ– यो डरले अझै केही मंसिर घर्काउने पो हो कि?

तर, के कुरामा सन्तोष मान्छु भने यो शहरमा मैले जस्तै गरी मंसिर झेल्नेहरू अनगिन्ती छन्।

प्रकाशित: ९ पुस २०७२ ००:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App